दफा २०
निजी गुठीको हक दायित्व संस्थानले लिन सक्ने
(१) कुनै निजी गुठीको दाता समेत सबै वा अधिकांश गुठीयारहरूले त्यस्तो निजी गुठीको हक दायित्व संस्थानले नै व्यहोर्ने गरी बन्दोबस्त र सञ्चालन संस्थानबाट नै हुन लिखित अनुरोध गरेमा संस्थानले त्यस्तो गुठीको हक दायित्व लिई बन्दोवस्त र सञ्चालन गर्न सक्नेछ ।
(२) व्यक्तिगत वा पारिवारिक रूपमा राखिएका निजी गुठी बाहेक सामाजिक हितको लागि राखिएका निजी गुठीका गुठीयारले शिलापत्र, धर्मपत्र, दानपत्र आदिमा लेखिए बमोजिम सो गुठीको सञ्चालन नगरी गुठीको सम्पत्ति हिनामिना गरेको देखिएमा गुठियारले लिखित अनुरोध नगरे पनि संस्थानले त्यस्तो गुठीको जिम्मा लिई बन्दोवस्त सञ्चालन गर्न सक्नेछ ।
(३) पशुपति अमालकोट कचहरीमा कूत बुझाउनु पर्ने वा पशुपति गुह्येश्वरीसँग सम्बन्धित सबै खालका गुठीको जग्गाको जग्गा प्रशासन गुठी संस्थानले जिम्मा लिई बन्दोबस्त र सञ्चालन गर्न सक्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम संस्थानले हक दायित्व लिएपछि त्यस्तो निजी गुठी राजगुठीमा परिणत भई त्यस्तो निजी गुठीको चल, अचल जायजेथा, देवमूर्ति समेत उपर निजी गुठी वा दाता गुठियारको भैरहेको सबै अधिकार संस्थानमा सर्नेछ र त्यस्तो निजी गुठीका दाता, गुठीयार, खान्गीदारको सबै हक अधिकार समाप्त हुनेछ ।